10991538_10152977456346998_6185581381947080373_o

जनबोली ११ फागुन, काठमाडौ । बरिष्ठ समाजसेवी आइतामाया थेबेको ९० औ जन्म जयन्तीको अवशरमा आइतमाया स्मृति प्रतिस्ठान झापाले भव्य समारोहको आयोजना गरेको छ ।

कार्यक्रममा उनले नेपाली समाजमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरिएको थियो ।

कार्यक्रममा वल्ड चिल्ड्रेन अनररी अवार्डबाट सम्मानित नेपाली चेली इन्दिरा राना मगरलाई उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान समेत गरिएयो । बन्दी सहायता नेपाल नामक संस्था खोलेर बन्दीका सन्तानहरुलाई इन्दिराले पालन पोषणका साथै, शिक्षा–दिक्षा एवं सुरक्षित भविष्यको क्षेत्रमा काम गरिरहेकी छन् । ।

जुन विश्वकै बालबालिकाको क्षेत्रमा उत्कृष्ठ काम हो भनेर वल्ड चिल्ड्रेन फउण्डेसन लगायतका दर्जनौ अन्र्तराष्ट्रिय एवं राष्ट्रिय निकायहरुले इन्दिरालाई सम्मान गरिसकेका छन् ।

10960097_10152977454866998_6462250968616428166_o

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट झापाबाट निर्वाचित सभासद केशव कुमार बुढाथोकीले माता आइतमायाले नेपाली समाजमा पु¥याएको योगदानको कदर गरे । उनले भने आइतमाया जस्ता समाजसेवीले पुर्याएको योगदानकै कारण आज यो देशको शिर ठाडो छ ।

कार्यक्रममा माता आइतमायाका पुत्र एवं साहित्यकार अर्जुन थेबेले भावविल कविता वाचन गरेको थिए । मेरा जागिर र आमा नामक कविता बाचन गर्दै गदै कार्यक्रममा सहभागीहरुका आँखा रसाइरहेका थिए ।

10974602_827321467305483_4597034480645896859_o

लाल बहादुर थेबे अध्यक्ष रहेको आइतमाया थेबे स्मृती प्रतिष्ठानको चौथो साधारण सभा समेत सोही समारोहमा सम्पन्न गरिएको थियो ।

सम्बन्धित खबरहरु