काठमाडौं । नवौं महाधिवेशनमा मतपत्रमै ′प्यानल′ बनाएर चुनाव लडेको एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीचको विवादका कारण पार्टीको भ्रातृ संगठनभित्र भाँडभैलो देखिएको छ ।
गुटगत विवादकै कारण महाधिवेशन भएको आठ महिना बित्दा पनि अध्यक्ष ओलीले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन गर्न नसकिरहेका बेला भ्रातृ संगठनहरूमा समेत चिरा पर्न थालेको हो ।
शान्तिप्रक्रिया सुरु भएपछि एमालेभित्रको सबैभन्दा प्रभावशाली भ्रातृ संगठनका रूपमा स्थापित युवासंघ नेपालको सोमबार राजधानीका दुई स्थानमा अलग-अलग केन्द्रीय कमिटी बैठक भयो ।
ओली पक्षधरको बैठक उद्घाटन एमाले उपाध्यक्ष विद्या भण्डारीले गरिन् भने नेपाल समर्थित पक्षको बैठक पार्टी सचिव योगेश भट्टराईले उद्घाटन गरेका थिए ।
दुवै पक्षको बैठकमा केन्द्रीय कमिटीको ′पाँचौं पूर्ण बैठक′ भएको ब्यानर टाँगिएको थियो। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।