Ram-Kumar-prasadकाठमाडौ । प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि अब बारको निर्णय नकुर्ने बताएका छन् ।

′बारले प्रतिनिधि पठाएको छ भने उहाँहरूलाई राखेर अगाडि बढछौं, हैन भने हामीले कति दिनसम्म न्यायाधीश पद खाली राख्ने ?′ दसदिने रुस भ्रमण सकेर सोमबार फर्किएका शाहले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भने, ′मुद्दाको संख्या बढदै गएको छ ।

हामीले बारलाई न्याय परिषदको सदस्यका लागि एक जना कानुन व्यवसायीलाई सिफारिस गर्न दुई महिना समय दिएका हौं, त्यो समयमा पनि नगरे उहाँहरूले पठाउने समय अनिश्चित भयो, हामी अनिश्चित समय कुर्न सक्दैनौं ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु