काठमाडौ । अर्थमन्त्रालयमा तीन जना सचिव राख्नेबारेमा सरकारकै दुइटा मन्त्रालयबीच विवाद उत्पन्न भएको छ ।
त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लाने विषयमा अर्थ र सामान्य प्रशासन मन्त्रालयबीच विवाद भएको जानकारी स्रोतले दिएको छ ।
अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा कार्यबोझ धेरै भएको उल्लेख गर्दै तीन जना सचिव राख्न प्रस्ताव गरेको छ ।
अर्थले आफ्नो मन्त्रालयमा अर्थ, राजस्व र खर्च सचिव राख्न प्रस्ताव गरी सहमतिका लागि सामान्य प्रशासनमा पठाएको छ । आजको कान्तिपुरमा समाचार छ ।