थपिए स्वाइनफ्लुका बिरामी

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

swine fluकाठमाडौं । राजधानीमा थप तीनजनामा स्वाइन फ्लुको संक्रमण देखापरेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थुक परीक्षण गर्दा थप तीनजनामा संक्रमण देखिएको सोमबार पुष्टि भए पनि रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

यसअघि भारतबाट फर्किएका तीनजनासहित पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ।

पाँचजनामध्ये तीन काठमाडौं र दुई पोखराका छन्। त्यसअघि भारत घुमेर फर्किएका एक नेपाली चिकित्सकलाई पनि संक्रमण पुष्टि भएको थियो।

औषधि सेवनपछि उनलाई निको भएको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। बाबुराम मरासिनीले बताए।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु