काठमाडौं । प्रमुख प्रतिपक्ष एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले सञ्चालन गरेको आन्दोलन शान्तिपूर्ण वा आक्रामक हुने भन्ने सत्तापक्षको रबैयामा निर्भर हुने बताएका छन् ।
सत्तापक्षले आफूहरूको आन्दोलनप्रति अवलम्बन गर्ने नीतिका आधारमा प्रतिरोध योजना बनाइरहेका दाहालले आफूलाई कमान्डर र कार्यकर्तालाई सेनाका रूपमा प्रस्तुत गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले फागुन १६ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनसहितको सभालाई प्रभावकारी बनाउन व्यस्त दाहाल सोमबार तामाङ समुदाय, मजदुर र पत्रकारहरूसँगका छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका थिए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।