काठमाडौं । पूर्वयुवराज पारस शाह थाई प्रेमिकालाई नलिई स्वदेश फर्किन राजी भएका छन् । फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ ।
२९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्केकी हुन् । उनले थाइल्यान्डको उदुकखानीस्थित जेलमै पारसलाई भेटेकी थिइन् ।
भेटेपछि पारस थाई प्रेमिका कन्निका चाइसानलाई नलिई स्वदेश फर्कन राजी भएको हिमानीले परिवारका सदस्यलाई बताएकी छन् ।
पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लागेका थिए,तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए । उनी गाँजासहित पक्राउ परे र अदालतको आदेशकमा जेलमा छन् ।
पूर्वराजपरिवारले थाइल्यान्डमा मुद्दा टुंगिनासाथ पारसलाई स्वदेश फर्काउने तयारी गरेको छ ।
पारस २९ कात्तिकदेखि जेलमा छन् । उनलाई लाओससँगको सीमावर्ती उदुकखानीस्थित जेलमा ख श्रेणीको सुविधा सहित राखिएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।