khimlal-devkotaजनबोली/१२ फागुन, काठमाडौं । आन्दोलनको शैली अपनाईरहेका विपक्षी सहितको एमाओवादी मोर्चा र सत्तापक्ष दलबीच सहमति बढ्न नसक्दा तेस्रो पक्षले फाईदा लिने बताउँदै एमाओवादी नेता खिमलाल देवकोटाले अब खतराको संकेत बढ्ने जिकिर गरेका छन् ।

विगतमा राजनीतिक दलको पूर्वराजा ज्ञानेन्द्रसँग भएको सहमति खुलासा गर्दा पनि कुनै खण्डन नहुनुले यस्तो संकेत देखा पर्दै गएको देवकोटाको भनाई छ ।

रफत सञ्चार क्लव भक्तपुरमा सोमबार आयोजित सााक्षात्कार कार्यक्रम बोल्दै देवकोटाले विगतमा कांग्रेस र एमालेले राजाको छोरीलाई समेत राजा बनाउने सहमति गरेको घटनाले थप संकट निम्तने बताए ।

सविधानसभा वेवारिसे बन्दै गएको बताउँदै संविधांनसभालाई संसदको भन्दा पनि तल्लो स्तरमा लगेर राजनीतिक सहमति भाड्ने कार्य काँग्रेस, एमालेले गरेको उनले बताए ।

संविधानसभाबाट संविधान निर्माण गर्दा आन्दोलनकारीसँग न्यूनतम सहमति गरेर मात्र जारी गरिन्छ, उनले भने, ‘विपक्षीलाई नरिझाइ जारी गरिने संविधान टिकाउ हुँदैन । गणितीय आधारमा संविधान निर्माण गर्न लागिए त्यस्तो संविधान टिकाउ नहुने उनको जिकिर छ ।

वर्तमान राजनीतिक निकासका लागि संविधानसभाको कार्यतालिका संशोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरे । पहिलो संविधानसभामा दर्जनौ पटक नियमावली संशोधन गरेर कार्यतालिका सारिएको स्मरण गराउँदै उनले संविधानसभा कार्यतालिका परिवर्तन नगरी सहमतिको कुनै अर्थ नहुने उनले बताए ।

सम्बन्धित खबरहरु