sujata koiralaजनबोली १२ फागुन, काठमाडौं । दोस्रो संविधान सभाको निर्वाचनका बेला असहयोग गरेका नेता तथा कार्यकर्ताहरु माथीको कारवाहीका बारेमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकले केन्द्रीय सदस्य सुजाता कोइरालामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

कारवाही गर्ने÷नगर्ने विषयमा संस्थापन पक्ष र देउवा पक्षबीचको विवादकाबीच केन्द्रीय समितिले कारवाहीको फिर्ता लिदै उनीहरुको क्रियाशील सदस्यता समेत नियमित गर्ने निर्णय गरेको छ ।

संविधानसभाको दोस्रो निर्वाचनका क्रममा पार्टीकै उम्मेदवारलाई हराउँन सहयोग गरेको आरोपमा उनलाई कारबाही गरिएको थियो । वागी उम्मेदवारी दिएका व्यक्ति र निजका प्रस्तावक, समर्थक बाहेकका पार्टीका पुनरावेदक सदस्यहरुको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसार काम कारवाही गर्न नपाउने गरी लगाइएको प्रतिवन्ध र पार्टीको विभिन्न तहका पदमा उम्मेदवारी बन्न नपाउने गरी लगाइएको वन्देज फुकुवा गरी उनीहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय गरेको काँग्रेसले जनाएको छ ।

सम्बन्धित खबरहरु