प्रम सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच सोमबार राति भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

प्रक्रिया खारेज गरेको खण्डमा मात्र सहमति : अध्यक्ष दाहाल

susil koirala prachandaजनबोली/१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रम सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच सोमबार राति भेटवार्ता भएको छ ।

नेताद्वयबीच सोमबार राति भएको भेटमा मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

संवैधानिक परिषद्को यही फागुन १ गते बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई मंगलबार १२ गते परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री कोइरालाले वार्ता र संवादका लागि गरेको आग्रहमा अध्यक्ष दाहालले पहिला संविधानका विवादित विषयमा अगाडि बढाइएको प्रक्रिया खारेज गरेको खण्डमा मात्र सहमतिका लागि वार्तामा बस्ने स्पष्ट पारेको सचिव खड्काले बताए ।

सम्बन्धित खबरहरु