lootजनबोली/१२ फागुन, लहान । सिरहाको लहान नगरपालिका–१३ बस्तीपुरस्थित एक घरमा आज बिहान एक समूहले लुटपाट गरेका छन् ।

करिब ३०/४० जनाको समूहमा आज बिहान २ बजे आएका समूहले लहान नगरपालिका–१३ स्थित कपिलदेव यादवको घरमा लुटपाट गरेका हुन् ।

लुटेराले यादवको श्रीमतीलाई कुटपिट गर्दै धाकधम्की देखाएर घरमा रहेको आठ आना सुन र ३९ तोला चाँदी तथा गरगहना लुटेर लगेको प्रहरीले जनाएको छ ।

घटनाबारे थाहा पाउनासाथ खटिएको प्रहरी टोलीले लुटेराको खोजी गर्ने क्रममा लुटपाटमा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि स्थानीय एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको उनले बताए । रासस

सम्बन्धित खबरहरु