विश्वकप क्रिकेटमा गेलको दोहोरो शतकको कीर्तिमान

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

11002584_817078038328375_6391165683440523427_n

जनबोली/१२ फागुन, काठमाडौं । वेष्ट इण्डिजका ब्याट्सम्यान क्रस गेलले विश्वकप क्रिकेटमा दोहोरो शतकको कीर्तिमान बनाएका छन् ।

साथै उनले मार्लोन स्यामुअलसँग विश्वकपमा सर्बाधिक रनको साझेदारी पनि गरेका छन् । उनीहरुले यो समाचार तयार पार्दासम्म दोस्रो विकेटका लागि ३२० रनको साझेदारी गरेका छन् ।

जिम्बावेविरुद्धको खेलमा गेलले १३८ बलमा दोहोरो शतक पूरा गरेका हुन् । उनले नौं चौका र १६ छक्काको मदतमा २०१ रन बनाएका हुन् ।

यसअघि ग्यारी क्रिष्टियनको यूएईविरुद्ध अविजित १८८ रन बनाएका थिए ।

सम्बन्धित खबरहरु