जनबोली/१२ फागुन. काठमाडौं – नेपाली सेनामा राजेन्द्र क्षेत्री रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले क्षेत्रीलाई रथीमा बढुवा गरेको हो । यो बढुवासँंगै क्षेत्री नेपाली सेनामा प्रधानसेनापति बन्ने निश्चित जस्तै भएको छ ।
वर्तमान प्रधानसेनापति गौरव शम्सेर राणा आगामी भदौमा सेवा निवृत्त भएपछि क्षेत्री वरिष्ठता र पदीय हिसाबले सबैभन्दा माथि हुनेछन् । सेनामा वरिष्ठताकै आधारमा सेनापति नियुक्ति गर्ने प्रचलन छ ।
मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि सिफारिस गर्न अर्थ मन्त्री डा.रामशरण महतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा नेपाल राष्ट्रबैंकका प्रथम गर्भनर हिमालय शम्सेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक समिति सदस्य एवं अर्थविद पार्थिवेश्वर तिमिल्सिना सदस्य रहेका छन् । वर्तमान गर्भनर डा.युवराज खतिवडाले अर्को महिना अवकास पाउने छन् ।