​नेपाली चलचित्र हेर्ने इशा देवलको चाहना

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

जनबोली/ काठमाडौं । भारतीय अभिनेत्री इशा देवलले आफुलाई नेपाली चलचित्र हेर्ने इच्छा रहेको बताएकी छिन् । नेपाली चलचित्र ‘अझै पनि’ को टिमसँगको सोमवारको छलफलमा उनले नेपाली चलचित्र हेर्ने इच्छा रहेपनि हेर्नको लागि समय नमिलेको बताएकी हुन् ।बलिउडमा अभिनय गर्ने नेपाली कलाकारबाट आफु प्रभावित रहेको बताउँदै अभिनेत्री देवलले उनीहरुको अभिनय नेपालमा अझै राम्रो हुनसक्ने बताइन् । भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङको लागि नेपालमा रहेकी देवलले फागुन १५ गते नेपालभर रिलिज हुने चलचित्र ‘अझै पनि’को मंगलवारको प्रिमियरमा भने सहभागी हुन पाइनन् । कार्यक्रम छायांकनको व्यस्त समय तालिकाका कारण उनी उपस्थित हुन सकिनन् ।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सीमा नाका बेलहियाबाट रोडिज टोली लुम्बिनी आएको थियो । लुम्बिनीमा सुटिङ सकेर थप काठमाडौं आउँदै गर्दा चितवनको कुरिनटारमा प्रचारको लागि राजधानी बाहिर रहेको अझै पनिु युनिटसँग भेट भएको थियो

सम्बन्धित खबरहरु