RAW-Indiaकाठमाडौ । भारतमा भाजपा नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएसँगै उनले रणनीतिक महत्व हुने देशभित्र र छिमेकी मुलुकका महत्वपूर्ण जिम्मेवारीमा हेरफेरको तयारी थालेका छन् ।

पहिलो निशाना कांग्रेस आई सरकारको बेला विदेश सचिवमा नियुक्त सुजाता सिंहमाथि दागेका छन् । स्रोतका अनुसार राजदूत रञ्जित रे पनि परिवर्तन हुँदैछन् । उनको ठाउँमा अफगानिस्तानमा रहेका अमर सिन्हा वा विदेश मन्त्रालयको नर्थ डेस्कमा कार्यरत सहसचिव अभय ठाकुर लगायतको नाम चर्चामा रहेको जनआस्था साप्ताहिकमा खबर छ ।

सन् १९८० देखि परराष्ट्र सेवामा प्रवेश गरेका रेले सेवाबाटै अवकाश पाउन लागेको भए पनि उनको भूमिकाप्रति भाजपा र नरेन्द्र मोदी नै सन्तुष्ट नभएको स्रोतको दावी छ । उनी कांग्रेस निकट डिप्लोम्याटका रुपमा चिनिन्छन् । रेलाई राहुल गान्धीको सिफारिसमा नेपाल पठाइएको बताइन्छ । राजदूत रेले यसअघि हंगेरी र भियतनाममा भारतका लागि राजदूत भएर काम गरिसकेका छन् । उनले नेपालमा अमरेशकुमार सिंहलाई बढी महत्व दिएर प्रयोग गरेको र त्यसले नेपालमा भारतीय भूमिका बढ्ने भन्दा झन् बदनाम भएको पनि हालको संस्थापन पक्षको बुझाई छ ।

यसैबीच शक्तिशाली गुप्तर निकाय रिचर्ड एण्ड एनालाईसिङ विङ (रअ) को नेपाल प्रमुखको पनि सरुवा भएको छ ।

सम्बन्धित खबरहरु