prachanda-and-subash-Nembangकाठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले फागुन १६ को जनशक्ति प्रदर्शनपछि मात्रै सत्तापक्षसँग वार्ता हुनसक्ने संकेत दिएका छन् ।

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबारमा पुगेका प्रचण्डलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ′तपाईहरुलाई कहिलेसम्म पर्खेर बस्ने′ भन्ने प्रश्न गर्दा प्रचण्डले फागुन १६ अघि वार्ता हुन नसक्ने स्पष्ट गरेका हुन्।

संवैधानिक परिषद्को मंगलबार बैठक बस्नु अघि प्रधानमन्त्री सुशील कोइराला र सभाध्यक्ष सुवास नेम्वाङसँगको छोटो कुराकानीमा प्रचण्डले आफू वार्ता र सहमतिकै पक्षमा रहेको बताएका हुन्।

दलहरुबीच सहमति जुटाउन भन्दै आफूले अनिश्चितकालसम्म संविधानसभा बैठक स्थगित गरेपनि परिणाम आउन नसक्नुको कारण सभाध्यक्ष नेम्वाङले दाहालसँग सोधेका थिए। ′संविधानसभा कहिलेसम्म पर्खेर बस्ने हो? तपाइहरु के गरिरहनु भएको छ ?′ नेम्वाङको प्रश्न उधृत गर्दै स्रोतले भन्यो। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु