Caseकाठमाडौं । एकै व्यक्तिविरुद्ध प्रहरीले ६४ वटा मुद्दा दायर गरेको छ । पिपल्स फाइनान्सका सञ्चालक मनोज रिमाललाई प्रहरीले बैंकिङ कसुरसम्बन्धी ६४ वटा मुद्दा दायर गरेको हो । तर, सबै मुद्दामा पाँच लाख धरौटीमै उनी छुटेका छन् । कर्जा प्रवाहमा अनियमितता गरेको भन्दै एक महिनाअघि पक्राउ परेका रिमालविरुद्ध केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले गत साता मुद्दा दायर गरेको नयाँ पत्रिकामा खबर छ ।

पुनरावेदन अदालत पाटनमा छुट्टाछुट्टै मिसिल बनाएर ६४ वटा मुद्दा दायर भएको थियो । सबैमा गरी करिब ७० करोड बिगो दाबी गरिएको थियो । तर, थुनछेक आदेशका क्रममा पाँच लाख धरौटी लिएर रिमाललाई छाड्न अदालतले आदेश दिएको छ । आदेशअनुसार उनी मंगलबार धरौटी बुझाएर छुटेका छन् । प्रवाह गरेको कर्जाको राफसाफ भएको कागजपत्र देखाएर उनी सामान्य धरौटीमा छुटेका हुन् ।

सम्बन्धित खबरहरु