काठमाडौ । वन मन्त्रालयमा एकै पटक १० जना सहसचिवमा बढुवा भएका छन् । जनरल फरेष्ट्री समुहबाट राधा वाग्ले, शिवकुमार वाग्ले, बाबुराम भण्डारी, गणेश झा, मनबहादुर खडा र कृष्णप्रसाद पोखरेल सहसचिवमा बढुवा भएका हुन् । राधा वन मन्त्रालयमा पहिलो महिला सहसचिव हुन् ।
वन अनुसन्धान समुहबाट यमप्रसाद पोखरेल, सोयल (भू संरक्षण) समुहबाट खुश्चेभ श्रेष्ठ र गेहेन्द्रकेशरी उपाध्याय तथा वनस्पति समुहबाट सञ्जिव राई सहसचिव भएका छन् । मन्त्रालयले उनीहरुलाई जिम्मेवारी दिइसकेको छैन ।
मन्त्रालयअन्तर्गत् अहिले मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौंडा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा उपमहानिर्देशक, वन विभागअन्तर्गतको योजना महाशाखा, सामुदायिक वन महाशाखा र मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रमा सहसचिव रिक्त छन् । आजको कान्तिपुरमा समाचार छ ।