industrial areaकाठमाडौं । अव्यवस्थित शहरीकरणको मार खेपिरहे पनि उद्योग स्थापनाका लागि काठमाडौं अझै पनि प्रमुख आकर्षणका रुपमा रहेको पाइएको छ ।

लगानीकर्ताले देशका अन्य जिल्लाका तुलनामा काठमाडौंलाई केन्दि्रत गरी उद्योग दर्तामा निरन्तरता दिएकाले यस्तो स्थिति देखिएको हो । उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार यस वर्षको माघ महिनासम्म दर्ता भएका चार सय सात उद्योगमध्ये एक सय ६७ ले काठमाडौंमा  स्थापना गर्नेगरी स्वीकृति लिएको अभियानमा खबर छ ।

तथ्यांकमा समेटिएका ४३ जिल्लामध्ये दोस्रोमा ललितपुर रहेको छ । ललितपुरमा ७३ ओटा उद्योग सञ्चालनका लागि विभागबाट स्वीकृति लिइएको छ । यसरी काठमाडौं उपत्यकामा सञ्चालनका लागि स्वीकृति लिएका उद्योगको संख्या स्वीकृति लिइएका कुल उद्योग संख्याको आधाभन्दा बढी हुन आउँछ । ललितपुरपछि कास्की जिल्लामा २८ ओटा उद्योगले सञ्चालनको स्वीकृति पाएका छन् ।

सम्बन्धित खबरहरु