स्वाइन फ्लु संक्रमित संख्या १०

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

swine fluकाठमाडौं । मुलुकमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या बढदै गएपछि भाइरसको स्ट्रेन (जाति) खोज्ने प्रक्रिया सुरु गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको हो ।

′स्ट्रेन (जाति) हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने कुरा पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका छौं,′ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ′यदि यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद् प्रतिरोधक क्षमता विकसित भइसकेको हुन्छ । र, यस पटक उपत्यकाबाहिर देखिने बढी सम्भावना छ ।′

राजधानीमा गतवर्ष स्वाइन फ्लुबाट १८ जनाको मृत्यु भएको थियो । तीन सय जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु