मूल्यै नखोली हतियार किन्ने निर्णय

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

काठमाडौं । सरकारले ′अत्यावश्यक′ भन्दै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार दिउँसो बसेको बैठकले हतियार खरिदसम्बन्धी एउटा कार्यविधि उद्धृत गर्दै विस्तृत विवरण नखुलाई हतियार किन्ने निर्णय गरेको हो । नियमतस् मन्त्रिपरिषद्ले निर्णय गर्दा खरिदसम्बन्धी विस्तृत विवरण खुल्नुपर्छ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले फागुन ५ गते नै मन्त्रिपरिषद्मा पेस गर्न सदर गरेको प्रस्तावमा चार थान आर्मड पर्सनल क्यारियर (एपीसी)  खरिद गर्ने उल्लेख छ ।

प्रस्तावमा आवश्यक संख्या उल्लेख नगरी जीपीएमजी (जनरल परपोज मेसिन गन) र चाहिने गोली खरिद गरिने उल्लेख छ । प्रस्तावमा ग्लोबल टेन्डर गरेर वा नगरी हतियार आपूर्ति गर्न सक्ने कुनै देशसँग सीधा सम्झौता गरी खरिद गर्ने भन्ने विस्तृत विवरण छैन।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु