काठमाडौं । च्याम्पीयन्स लिग अन्तर्गत गए राति भएको खेलमा वार्सिलोनाले म्यानेचेस्टर सिटीलाई पराजित गरेको छ । सिटीको घरेलु मेदान स्थेहाड स्टुडियममा भएको खेलमा आगनतुक टोली बार्सिलोना २ –१ गोल अन्तरले बिजयी भएको हो ।
हार संगै इंलिस क्लब सिटीलाई थप दवाव श्रीजना भएको छ । आफ्नै मैदानमा हारेको सिटीले अब बार्सिलोनाको मैदानमा खेल्ने छ । बार्सिलोनाकालागि लुइस स्वारेजले व्यक्तिगत दूई गोल गरे ।
स्पेनमा त्यति नजमेका स्वारेजले इंग्लिस भूमिमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । उनले यसै सिजन लिभरपुल छाडेर बार्सा गएका हुन् ।
खेलको ७४औ मिनेटमा वार्साका डेनि एल्भासमाथि फल गरेका कारण सिटिका डिफेन्डर क्लिसि दोहोर कार्ड खादै मैदान बहिरिएका थिए । खेलमा सिटीका लागी अर्जेन्टाइन स्टार सर्जियो अग्वेरोले गोल गरे पनि त्यो बराबरि गर्न पर्याप्त भएन ।
गए राति नै भएका अन्य खेलमा इटालियन क्लब युबेन्टसले बोरुसिया डर्टमुनमथि २–१ को जित दर्ता गरेको छ ।