एमालेको स्थायी समितिको बैठक आज पनि बस्दै

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

CPN_UML_officeजनबोली/१३ फागुन, काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्दैछ । कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनका लागि केही दिनयता बैठक बसिरहे पनि टुंग्याउन नसकेको एमालेले आज पनि थप प्रयास गर्ने भएको हो ।

यसअघि हिजो बसेको स्थायी समितिको बैठकमा महासचिव इश्वर पोखरेलले १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रीय सदस्यको मनोनयन तथा केन्द्रीय सदस्यको कार्यविभाजनको विषयमा प्रस्ताव पेश गर्नुभएको छ । प्रस्तावकै आधारमा आज दिउँसो २ बजे बस्ने बैठकले जिम्मेवारी बाँडफाँटको टुंगो लगाउने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । त्यसअघि सहमतिका लागि अध्यक्ष केपी शर्मा ओली संयोजकत्वको कार्यदलले विवाद मिलाउन प्रयास गर्ने एक नेताले जानकारी दिए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७