जनबोली/१३ फागुन, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालभित्रको विवाद चर्किदै जाँदा बरिष्ठ उपाध्यक्ष दिल पन्त नेतृत्वको समूहले संघका अध्यक्ष एवम उद्योगमन्त्री महेश बस्नेत, उपाध्यक्ष निरुपाल, महासचिव राजिब पहारीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पन्तको अध्यक्षता र पार्टी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा फागुन ११ र १२ गते राजधानीमा बसेको संघको पाँचौ पूर्ण बैठकले त्यस्तो निर्णय गरेको बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।
उद्योगमन्त्री बनेका संघका अध्यक्ष बस्नेतले मनोमानी ढंगले उपाध्यक्ष निरुपाललाई अध्यक्ष बनाउने निर्णय लिएपछि विरोधमा उत्रिएका पन्त समूहको निर्णय सच्याउनु पर्ने मागको बेवास्ता गरेपछि उनीहरु स्पष्टिकरण सोध्ने निर्णयमा पुगेका हुन ।
बैठकले माघ २१ गते गरेको सो स्वेच्छाचारी निर्णय केन्द्रीय समितिबाट सच्याउनुको साटो अनुमोदन गरेकोले त्यसका विरुद्ध आगामि चैत्र ७ र ८ गते काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ ।
त्यसै गरी बैठकले राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्न संघका बरिष्ठ उपाध्यक्ष दिलु पन्तको संयोजकत्वमा केन्द्रीय कमिटिका सचिवहरु, केन्द्रीय सदस्यहरु, लेखा र अनुशासन समितिका सदस्यहरु, अञ्चल अध्यक्ष, केन्द्रीय विभागका सचिवहरु रहेको मुल ब्यवस्थापन समिति गठन गरेको छ । सम्मेलनको सफल आयोजनाको लागि पन्तको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति,  अशोककुमार चन्दको संयोजकत्वमा आवास र खाद्य ब्यवस्थापन उपसमिति,  नरेश शाहीको संयोजकत्वमा स्वयम उपसमिति, हस्त शाही संयोजकत्वमा  आर्थिक ब्यवस्थापन उपसमिति, मञ्जु यादव संयोजकत्वमा  बैचारिक तथा रचनात्मक क्रियाकलाप उपसमिति र क्रान्ति बुर्लाकोटीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ।
त्यसैगरी विकृति र विसंगतिका विरुछको अभियान, सैद्धान्तिक र राजनीतिक रुपमा सुदृढ संगठन नाराका साथ देशब्यापी रुपमा फागुन मसान्तभित्र अञ्चल स्तरीय भेला गर्ने निर्णय गरेको छ । त्यसको लागि सम्बन्धित अञ्चलमा रहेका केन्द्रीय सचिवालय सदस्इ, केन्द्रीय सदस्इ, लेख, अनशासन आयोगका सदस्य, अञ्चल कमितिका पदाधिकारी र जिल्ला कमिटिका पदाधिकारी रहेको अञ्चल भेला ब्यवस्थापन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ ।
बैठकले अभियानलाई संयोजन गर्न केन्द्रीयपदाधिकारीहरु प्रमुख उत्प्रेरक रहेको विकास क्षेत्रीय ब्यूरो गठन गरेको छ । जसअन्र्तगत राजधानी ब्यूरो संयन्त्रको प्रमुख उत्प्रेरकमा राजु गुरुङ्ग, पूर्वाञ्चलमा अशोककुमार चन्द, मध्यमाञ्चलमा मञ्जु यादव, पश्चिमाञ्चलमा क्रान्ति बुर्लाकोटी, मध्यपश्चिमाञ्चलमा हस्तबहादुर शाही, सुदुर पश्चिमाञ्चलमा नरेश शाही रहेका छन भने पार्टीका नेताहरुसँग समन्वय गर्ने जिम्मेवारी दिलु पन्तलाई लिदईएको छ।
पत्रकार सम्मेलनमा बोल्दै पन्तले संगठनका सदस्य समेत नरहेका ब्यक्तलाई महेश बस्नेतले सचिव बनाएको र खाली हुँदै नभएको पदमा कोषाध्यक्षलाई अध्यक्ष, सचिवलाई उपाध्यक्ष र विधान विपरित अध्यक्ष बनाएको भन्दै सगठनले चिन्दै नचिनेको मानिसलाई पार्टीको नेता भन्नु पर्ने अवस्था आएको भन्दै दुखेसो पोखिन ।उनले महेश बस्नेतले अध्यक्षबाट राजिनामा नदिई निरुपाल र अरुलाई नियूक्ती गरेको विषय विधान विपरितको भएकोले यसलाई खारेज गर्नु पर्ने माग पनि गरिन ।
उनले महेश बस्नेतले संघको विधानको बलात्कार गरेको आरोप लगाउँदै सच्चिए आफूहरु एकीकृत रुपमै संघलाई अघि बढाउन तयार रहेको स्पष्ट परिन ।
सचिव अशोक चन्दले माघ २१ गते महेश बस्नेत पक्षले विधानलाई कलंकित बनाएको भन्दै त्यसलाई सच्याउन आफूहरु संघर्षमा उत्रिएको बताए । उनले आफूहरुविरुद्धको षडयन्त्र चिर्न सक्षम भएको भन्दै यसमा नेकपा एमालेका सबै नेताहरुको साथ रहेको दावी गरे।

सम्बन्धित खबरहरु