निजामती कर्मचारी ऐन पारित कर्मचारीले की जागिर छोड्नुपर्ने वा ग्रिनकार्ड, डीभी, पीआर

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

जनबोली काठमाडौं । अब राष्ट्र सेवक कर्मचारीहरुले जागिर या ग्रिनकार्ड, डीभी वा पीआर रोज्नुपर्ने भएको छ । बुधबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकले यस्तो व्यवस्था सहितको निजामती सेवा ऐन संशोधन विधेयक संशोधनसहित पारित गरेको हो । कानून नबन्दै लिइससकेकाहरुको हकमा कानून बनेपछि ३० दिनभित्र आफूसँग भएको डीभी पीआर वा सरकारी जागिर छाड्नु पर्नेछ । त्यसो नगरीमा सरकारले कारबारही गर्नेछ ।

तर निजामती कर्मचारीका पति वा पत्नीसहित परिवारका सदस्यहरुले ग्रिनकार्ड, डीभी वा पीआर भने, लिन पाउने भएका छन् । पारित विधेयकमा आगामी दिनमा निजामति कर्मचारीले विदेशी मुलुकको डीभी, पीआर, गीनकार्ड लिन नपाउने उल्लेख छ । सरकारी कर्मचारीले आफ्नो पति वा पत्नीसँग भएको डीभी पीआरबारे सरकारलाई जानकारी भने गराउनु पर्नेछ । विदेशी मुलुकको स्थायी अनुमति पत्र लिएपछि सरकारी कर्मचारीका पति वा पत्नीको हैसियतमा पाउने सञ्चयकोष र विमा बाहेकका अन्य सुविधा नपाउने विधेयकमा उल्लेख छ । ‘यो उनीहरुको मौलिक हक हो, किन कारबाही गर्ने भनेर केही लचिलो भएका छौं’ समितिका सदस्य गंगालाल तुलाधरले भने, ‘तर, उनीहरुले सरकारी सुविधाहरु भने पाउँदैनन ।’

सम्बन्धित खबरहरु