जुलुसमा लाठि बोक्ने माओवादीलाई कार्वाही हुन्छ : सरकार (विज्ञप्ती सहित)

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

index

जनबोली/१३ फागुन, काठमाडौं । एनेकपा माओवादी सहितको ३० दलीय मोर्चाको जुलुसमा लाठीको प्रयोग गरिएको प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । बुधबार विज्ञप्ती सार्वजानीक गर्दै उक्त लाठि जुलुस गैरकानुनी भएकोमा बताएको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, लाठी बोकेर लगाइएको जुलुसले जनजीवन आतंतिक भएको छ । अब यस्तो नगर्न र गरेको पाइएमा कानूनी कारबाही गर्ने चेतावनीसमेत विज्ञप्तीमा उल्लेख छ ।

‘जनप्रदर्शनका नाममा कानून हातमा लिई जनजीवन आतंकित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्ता गतिविधि नगर्नरनगराउन सबैमा गृह मन्त्रालयले अपील गरेको छ ।’

यस्तो क्रियाकलाप गरेको, संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

एमाओवादीको युवा संगठन बाइसीएलले मंगलबार राजधानीमा गरेको मार्चपासमा सहभागीहरुले बाँसको भाटा बोकेका थिए ।

home-ministry-statememt-about-YCL-march-pass

सम्बन्धित खबरहरु