एमाओवादी नेतृत्वको ३३ दलीय मोर्चाको जनप्रदर्शनलाई मोहन बैद्यको समर्थन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

mohan-baidyaजनबोली/१३ फागुन, काठमाडौं । एनेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले फागुन १६ गते आयोजना गर्ने जनसभालाई मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले समर्थन गर्ने भएको छ । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले काठमाडौंको खुल्ला सभामा गर्ने जनप्रदर्शनलाई वैद्य माओवादीको पनि समर्थन रहने विज्ञप्तीमा उल्लेख छ ।

माओवादी अध्यक्ष मोहन बैद्यले बुधबार विज्ञप्ति जारी गरी ३० दलको आन्दोलनका कार्यक्रमलाई समर्थन गर्ने बताएका हुन् ।

सर्वदलीय राजनीतिक सभाको नारा र कार्यसूचीमा सहमति हुन नसकेकाले संयुक्त आन्दोलनका कार्यक्रम भने हुन नसकेको बैद्यले बताएका छन् ।

३० दलको आन्दोलन यथास्थितिवादको विरोधमा लक्षित रहेकोेले समर्थन गर्ने निर्णय भएको बैद्यको विज्ञप्तिमा उल्लेख छ ।

यथास्थितिवाद र प्रतिगमनका विरुद्ध बृहत्तर संयुक्त आन्दोलन आवश्यक रहेको भन्दै विज्ञप्तिमा भनिएको छ ‘संयुक्त आन्दोलनको लागि नारा र कार्यसूची समृद्ध गरी साझा सहमति कायम गर्न फेरिपनि सबै आन्दोलनकारी पक्षहरुलाई हाम्रो पार्टी विशेष आग्रह गदर्छ ।’

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७