जन्मकैद पाएका ‘हत्यारा’ छाड्न सरकारको आदेश

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

नेपालगन्ज । दुई पुराना निर्णय ब्युँताउँदै सरकारले कर्तव्य ज्यान र डाँकालगायत पाँच मुद्दामा जन्मकैद सजाय भोगिरहेका बाँके बेतहनी–१ का पप्पु भनिने नरेन्द्रकुमार चौधरीलाई मुद्दा फिर्ता लिएर उन्मुक्ति दिने भएको छ । चौधरीको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को २०६९ असोज १८ को निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाएपछि कार्यालयले सरकारी वकिल कार्यालयलाई चौधरीलाई रिहाइ गर्न पत्राचार गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले पठाएको पत्रका आधारमा बिहीबार उनलाई कारागारबाट रिहाइ गरिने तयारी छ । डाँका मुद्दा, कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग तथा डाँका मुद्दा गरी पाँचवटा मुद्दामा पप्पुलाई अदालतले जन्मकैद सजाय सुनाएपछि उनी नेपालगन्जस्थित कारागारमा छन् ।अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७