अनेरास्ववियू (क्रान्तिकारी)ले आज प्रम निवास बालुवाटरमा ज्ञापन पत्र बुझाउने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

akhilजनबोली/१४ फागुन, काठमाडौं । एनेकपा माओवादीको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले श्रृखलाबद्ध महिलामाथि भइरहेको बलात्कार, हिंसा, अवहेलना जस्ता घटनाले अनेरास्ववियू (क्रान्तिकारी) स्तब्ध भएको धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दै प्रम निवास बालुवाटारमा ज्ञापन पत्र पेश गर्ने भएको हो ।

बलात्कारीलाई हदै सम्मको कारवाहीको माग गर्दै बाराको कलैयामा नाबालिक छात्रामाथि भएको बलात्कार र काठमाडौंको वसन्तपुरमा दूई छात्रालाई एसिड छर्केेर सांघातिक हमला गर्न खोज्नेहरुलाई प्रहरी प्रशासनले सजायको मुल्यांकन गर्न नसकेको भन्दै, महिलामाथि हुने अमानवीय हिंसामा संलग्न अपराधीहरुलाई पत्ता लगाई तुरुन्त कडा कारवाही गर्न अपिल गरेको विज्ञप्तीमा जनाईएको छ ।

सम्बन्धित खबरहरु