संवैधानिक परिषदको बैठक आज बस्दै

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

singha-darbarजनबोली/१४ फागुन, काठमाडौं । संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बिहीबार पनि बोलाइएको छ ।

यसअघि बसेको दुई पटक बसेको बैठकमा पदाधिकारी सिफारिसका लागि छलफल भएपनि निश्कर्षमा पुग्न सकेको थिएन ।

बैठकमा लोकसेवा आयोग, अख्तियार दुरपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ ।

यसअघि बसेको बैठकमा लोकसेवा आयोगमा हाल बहाल रहेकी कयोदेवी यमीलाई निरन्तरता दिनु पर्ने एमाओवादीले प्रस्ताव गरेको थियो भने सत्तारुढ दलहरुले पूर्वगृह सचिव उमेश मैनालीलाई सिफारिस गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

लोकसेवा आयोग फागुन ४ गतेदेखि पदाधिकारी विहीन भएको छ भने अख्तियारमा तीन र निर्वाचन आयोगमा एक पदाधिकारीको पद खाली रहेको छ ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७