एमाओवादी मोर्चा शक्ति प्रर्दशनको तयारीमा : जनतामा त्रास

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १५ फाल्गुण, २०७१

 22 Political Parties Meeting at Singha Durbar

जनबोली/१५ फागुन,  काठमाडौं । एमाओवादीसहितको तीस दलीय मोर्चाले भोली (फागुन १६ गते) राजधानीमा शक्ति प्रदर्शन गर्दै छ ।

संविधान निर्माण प्रक्रियालाई जबर्जस्ती प्रक्रियामा लगेर संविधानसभाका सुत्रधार शक्तिलाई बाईपास गर्न खोजेको भन्दै एमाओवादी र मधेशवादीसहित तीस दलीय मोर्चाले शनिबार राजधानीमा दबाबमुलक शक्ति प्रदर्शन गर्न लागेको हो । शक्ति प्रदर्शनका लागी तीस दलीय मोर्चाले राजधानीका विभिन्न स्थानमा जुलुससहित खुल्लमञ्चमा सभा गर्ने भएको छ । शक्ति प्रदर्शनका लागि एमाओवादी मोर्चाले  काठमाडौंको माईतिघर मण्डला, चावहिल, बालाजु, कालिमाटी र लगनखेलबाट जुलुस निकल्ने तयारी गरिरहेको छ ।

मोर्चा सम्वद्ध स्रोतका अनुसार स्वयम्भु डल्लु, वसन्तपुर, त्रिपुरेश्वर, बबरमहल, कुपण्डोल, भृकुटीमण्डप र सोल्टिमोडबाट पनि जुलुस निकाल्ने तयारी गरिरहेको छ । मोर्चामा आबद्ध आदिवासी जनजाती नेता कार्यकर्ताहरुले भने  सुनधारमा प्रदर्शन गर्ने बताईएको छ । मोर्चाले एक बजेदेखि खुल्लामञ्चमा झाँकी र नृत्यहरु प्रदर्शनसहित मोर्चाका नेताहरुको सम्वोधन गर्ने कार्यक्रम राखेको छ ।

आयोजकहरुले दर्जनौं स्थानहरुबाट जुलुश प्रदर्शन गर्ने भएपछि भोलि राजधानीको यातायातसमेत अस्तव्यस्त हुने देखिएको छ । एक बजेबाट सुरु हुने सभा ४ बजे समाप्त गर्ने कार्यक्रम छ । सभामा प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, विजय गच्छदारलगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् । भोलीको कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलेसमेत ऐक्यवद्धता जनाएको छ ।

सम्बन्धित खबरहरु