उमेश भट्टराई ।

बृद्ध, अपांग, विधुवा लगायत सामाजिक सुरक्षा भत्ताहरु दोब्बर बढायो त्यसैले कांग्रेसलाई टाउको दुखायो । स्थानिय निकाय गाविस र नगरमा आउने केन्द्रिय बजेट त्यहि अनुपातमा बढाइयो, अब त, कांग्रेसलाई पुरै ज्वरो नै खनियो । अनि खुल्लमखुल्ला उसका नेताहरुले भने, एमालेले देशको ढुकुटी जनतालाइ बाँडेर रित्यायो । फाष्ट ट्र्याक भारतलाइ नदिने र स्वदेशी लगानीमै बनाउने निर्णय सुनेपछि देउवालाई त्यही बेला चक्कर लागेर दिमाग घुमेको थियो । त्यही रनाहाले भन्दै छन् फाष्टट्रयाक भारतलार्इ नै दिनपर्छ हामीले बनाउन सक्दैनौँ, सायद मोटो कमिसन रकम मिल्दै थियो ।

पूर्व पश्चिम रेल कुदाउने तयारी सुनेर पुरै कांग्रेस छक्क पर्यो ।
र उसले आपत्ति जनायो । नेपालमै यस्तो कसरी हुनसक्छ ? यस्तो हुँदै हुदैन । अनि उसले आफ्ना मुड्के र चटकेलाई सडकमा निकालेर कागजको रेल सडकमा कुदाएर जनताको सपना र देशको उज्यालो भविष्यप्रति नै मजाक गर्यो ।

संविधान जारी भएर देश स्थायित्व र बिकाशको बाटोमा अघि बढेपछि देशीविदेशी प्रतिकृयावादीहरुलार्इ मन परेन र दुष्ट छिमेकी भारतले हाम्रो स्वाभिमान र सार्वभौमसत्तालाइ झुकाउने मक्सदका साथ महिनौँ नाकाबन्दी लगायो । जनताले भारतिय बिस्तारवादको रवैयाको खुलेर बिरोध गर्दै डटेर त्यसको सामना गरे र सरकारलार्इ कुनैपनि चुनौतिसँग नझुक्न खवरदारी गरे ।

जनताको पार्टी एमालेले जनताको भावनालार्इ नेतृत्व प्रदान गर्दै बिस्तारबादि रबैयालार्इ समाप्त नगरेसम्म संघर्ष गरिरहयो । तर, देशको ठुलो पार्टी भनिएको कांग्रेस कानमा तेल हालेर बस्यो । बिस्तारबाद मुर्दावाद भन्न सकेन उसले, मालिकको बिरोध गर्न उसका नेताहरुको सामार्थ्यले भ्याएन । बोल्नलार्इ ओठ र उभिनलार्इ खुट्टा काँपिसकेपछि अन्ततः उसले भारतले नाकाबन्दी लाएको कुरालार्इ मौन समर्थन गरेर इतिहासमै देश र जनता प्रति गम्भिर गद्धारी गर्यो । अन्तत दिनदाहाडै हिन्दुस्तानको भरियाका रुपमा निर्लज्ज नग्न स्वरुपमा देखिएर उसले संसदीय जोड घटाउको फोहोरी खेल खेल्दै एकपटक फेरी जनताको स्वाभिमानी सरकार ढालेर खुल्मखुल्ला भारतको चम्चागिरी गरेर देशलार्इ बिदेशीको क्रिडास्थल बनाइरहेको सर्वबिदितै छ ।

अब पनि कांग्रेसलाई भोट किन ? कुन मुख लिएर जनताका बीचमा जान सक्छन कांग्रेसहरु ? लाज सरम सबै पचिसक्यो त कांग्रेसिहरुको ?

सम्बन्धित खबरहरु