फ्रान्समा ड्रोन उढाउने अलजजिरा टेलिभिजनका पत्रकार पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १५ फाल्गुण, २०७१

150224132714_paris_drones_model_624x351_reuters

पेरिस, १५ फागुन (एजेन्सी) – फ्रान्सको राजधानी पेरिसमा चालकरहित विमान (ड्रोन) उडाएको आरोपमा अलजजिरा टेलिभिजनका तीनजना पत्रकार पक्राउ परेका छन् ।

ती पत्रकारले ती पत्रकारले पेरिसको आकासमा बिनाअनुमति ड्रोन उडाएको फ्रान्स प्रहरीको दाबी छ । अलजजिराले भने हालै पेरिसमा देखिएको रहस्यमयी ड्रोनका बारेमा समाचार बनाउन सुटिङ गरेको बताएको छ ।

तीनमध्ये पहिलो पत्रकारले ड्रोन उडाएको, दोस्रोले ड्रोनबाट दृष्य खिचिरहेको र तेस्रो पत्रकारले हेरिरेहको प्रहरी स्रोतले जनाएको छ । यी पत्रकारलाई पेरिसमा दुई दिनयता रहस्यमय रूपमा मानवरहित विमान देखिन थालेपछि निगरानी गरिएको थियो ।

पेरिसको आकाशमा बुधबार राति पनि यस्तो अज्ञात विमान उडेको जानकारी प्रहरीले दिएको छ । ती पत्रकारको नाम र राष्ट्रियता भने खुलाइएको छैन । स्याटलाइट टेलिभिजन च्यानल अलजजिराको मुख्यालय कतारमा छ ।

मध्य पेरिसमा कुनै पनि विमान ६ हजार मिटरभन्दा तल उडाउन प्रतिबन्ध छ । यसभन्दा तल ड्रोन प्रहरी हेलिकोप्टर र एअर एम्बुलेन्स उडाउन अनुमति लिनुपर्छ ।

अलजजिराका पत्रकारले उक्त ड्रोन किन उडाए भन्ने रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७