दुर्व्यसनीको लतमा पोखरेलीको संख्या बढ्दै

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

substance abuseपोखरा । विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र धर्म मामा लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्यसन रोजे।

पोखरा हिमाली टोलकी रुचिको आफ्नो रेस्टुरेन्टमा आउने एक ग्राहकसँग प्रेम बस्यो । प्रेमीले मायासँगै अनेक उपहार दिएपछि उनले तनमन सुम्पिदिइन्। प्रेमीले धोका दिएपछि घाइते बनेकी उनले चोट भुल्न लागूपदार्थको सहारा लिइन्।

बुटवलकी अञ्जनाले परिवारको विरोध हुँदाहुँदै छिमेकको एक केटासँग भागेर अन्तरजातीय विवाह गरिन्। सुखद संसारको कल्पना बुनेकी उनको जीवनसाथी दुर्व्यवसन रहेछ। लोग्नेलाई समाल्न खोज्दा दिनहुँ हुने झगडाले निरास बनेपछि उनी आफैं दुर्व्यसनी बनिन्।

नसामा डुबेर आफू र परिवेशलाई बिर्सन खोज्ने यस्ता युवा पोखरामा हजारौं छन्। केहीलाई परिवारको सहयोगमा सुधारका लागि पुनर्स्थापना केन्द्रमा राखिएको छ। धेरैजसो घरपरिवार र समाजमा अपहेलित भएर जीवन बर्बाद पारिरहेका छन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु