अख्तियारमा ५ आयुक्तको सिफारिस

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

CIAA_379066383_444367482-624x403काठमाडौ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बैठकले आयोगमा ५ जना आयुक्तको सिफारिस गरेको हो ।

पूर्व सचिवहरु दीप बस्न्यात, नविन घिमिरे र गणेशराज जोशी सिफारिसमा परेका छन् । त्यस्तै, पूर्वसरकारी वकिल राजनारायण पाठक र सह प्रध्यापक सावित्री गुरुङ आयुक्त पदका लागि सिफारिस गरिएका छन् ।

यसअघि आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की र आयुक्तमा केशव वरालले नियुक्ति पाएर काम गर्दैछन् । आयोग ५ सदस्यीय रहने परम्परा रहेकोम पहिलोपटक ७ सदस्यीय हुने भएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७