स्वाइन फ्लु जाँच अपुग

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

swine fluकाठमाडौं । स्वाइन फ्लुले महामारीको रूप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्नेमा शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार दुई बजे नै परीक्षण सेवा बन्द भएपछि १५ जना बिरामी जाँच्दैनजाँची फर्कन बाध्य भए ।

मोडल अस्पतालमा अध्ययनरत काठमाडौंकी सफला थापाले भनिन्, बिरामीको सम्पर्कमा हामीलाई जानैपर्छ। रुघा लागिरेहेको छ। ज्वरो पनि आयो। त्यही भएर परीक्षण गराउन आएको, तर ल्याब बन्द भइसक्यो रे। अब कहाँ जाने होला ?  आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु