वार्ताकालागि विपक्षीलाई कुर्दै सत्तापक्ष

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

singha-darbarकाठमाडौ । सत्तारुढ प्रमुख दल कांग्रेस र एमाले शनिवारको प्रदर्शन सकिएपछि एमाओवादीसहितको विपक्षी मोर्चा वार्ता आउने भन्दै त्यसको पर्खाइमा बसेका छन् ।

प्रदर्शन पछि पनि वार्तामा आउन र सहमतिबाट अघि बढ्न विपक्षीले घुर्कि देखाए स्थगित भएको संविधानसभाको प्रक्रिया अघि बढाउने योजना उनीहरुको छ ।

′यो बीचमा उहाँहरु आफ्ना कार्यक्रममा लाग्नुभयो कुराकानी भएको छैन, तर कार्यक्रम सकिएपछि वार्तामा बस्छौ भन्नु भएको छ′ एमाले उपाध्यक्ष भिम रावलले भने,′सहमतिकै लागि तयार हुनुहुन्छ होला भन्ने हाम्रो बुझाई छ तर अब पनि त्यसका लागि तयार हुनु भएन भने संविधानसभाको प्रक्रिया अघि बढ्छ ।′ आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु