विश्वकप क्रिकेट : न्यूजिल्याण्डसँग अष्ट्रेलिया १५१ मा अल आउट

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

Australia v New Zealand - 2015 ICC Cricket World Cup

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्यूजिल्याण्डसामू १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्याजिल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

CRICKET-WC-2015-AUS-NZL

इडन पार्कमा पहिले ब्याटिङ थालेको अष्ट्रेलिया ३२.२ ओभरमा १५१ रन जोड्दा अलआउट भयो ।

207179

अष्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन । ३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर एरोन फिन्चलाई १४ रनमा गुमाएको अष्ट्रेलियाका लागि डेभिड वार्नर र शेन वाट्सनले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।

बाट्सन २३ रनमा आउट भए । डेभिड वार्नर र शेन वाट्सनको साझेदारी टुटेपछि अष्ट्रेलियाको विकेट झर्ने क्रम तिव्र भयो । २६ रन जोड्दा ७ विकेट गुमायो । वार्नरले ३४ रन बनाए भने कप्तान माइकल क्लार्क १२ रनमा आउट भए ।

Cricket World Cup

ब्राड हेडिनले नवौं विकेटका लागि पेट कुमिन्ससँग ४५ रनको साझेदारी गरे । हेडिन ४३ रनमा आउट भए भने कुमिन्स ७ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका टे्रन्ट बल्टले पाँच विकेट लिए भने टीम साउथी र भिट्टोरीले २-२ विकेट लिए । कोरी एण्डरसनले एक विकेट लिए ।

Australia v New Zealand - 2015 ICC Cricket World Cup

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७