पुर्व उपप्रधानमन्त्रीको गोलीहानी हत्या

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

एजेन्सी । रसियाका प्रमुख बिपक्षी दलका नेता तथा पूर्व उपप्रधानमन्त्रीको गोली हानि हत्या गरिएको छ । रुसको राजधानी मस्कोमा पूर्व उपप्रधानमन्त्री बोरिस निमोत्सवमाथि गोली प्रहार भएको हो । आकाससे पुलबाट बाटो काटिरहेका बेला कारमा आएका हमलाकारीले उनलाई चार राउण्ड गोली प्रहार गरेका थिए । आइतवार मस्कोमा तय गरिएको बृहत ¥यालीको तयारी बैठकमा जादै गर्दा उनीमाथि गोली प्रहार भएको हो । आक्रमण लगत्तै आक्रमणकारीहरु कारमा भागेका स्थानियहरुले जनाएको वीवीसीले जनाएको छ । केहि दिन अघि रसियन सञ्चार माध्यममा दिएको अन्तरवार्तामा निमेत्सोवले युक्रेन युद्धको बिपक्षमा भएकाले आफुलाई राष्ट्रपति भ्लादमिर पुटिनबाट खतरा रहेको जनाएका थिए । नमेत्सोवलाई पुटिनको कटु आलोकचकका रुपमा लिने गरिन्थ्यो ।

सम्बन्धित खबरहरु