यसरी गर्दैछन् एमाओवादी नेताले जुलुसको नेतृत्व

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

Top-leaders-of-the-UCPN-Maoistजनबोली १६ फागुन, काठमाडौं । एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले गर्ने जनप्रदर्शनसहितको सभाका लागि एमाओवादीले नेताहरुको कार्यविभाजन गरेको छ । काठमाडौंका बिभिन्न ठाउँबाट सुरु हुने जुलुसमा एमाओवादीका उच्च नेताहरु नै सहभागी हुँदैछन् ।

काठमाडौंको बिभिन्न ठाउँबाट सुरु हुने जुलुस पौने १ वजे खुलामञ्च पुग्ने र त्यसपछि आमसभा हुने एमाओवादीले जनाएको छ ।

बालाजु र गौशालाको जुलुस कमलपोखरी कृष्ण पाउरोटी चोकमा जुटेर पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडिबाट खुलामञ्चमा प्रवेश गर्नेछ । बल्खु र कलंकीबाट आउने जुलुस कालिमाटीमा मिसिएर टेकु त्रिपुरेश्वर, रंगशाला हुँदै वीर अस्पताल अगाडिबाट खुलामञ्च प्रवेश गर्ने छ । त्यसैगरी लगनखेलबाट आउने जुलुस जाउलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर रंगशाला, वीर हस्पिटल अगाडिबाट खुलामञ्चमा प्रवेश गर्नेछ । तीनकुनेबाट निस्कने जुलुस मिनभवन, बानेश्वर, बबरमहल माइतीघरमण्डला, थापाथली, त्रिपुरेश्वर, रंगशाला, वीरहस्पिटल अगाडिबाट खुलामञ्च प्रवेश गर्नेछ ।

सम्बन्धित खबरहरु