दोश्रो संविधानसभा पनि विघटनको खतरा : गुरुङ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

chandra-bahadur-gurungजनबोली १६ फागुन, काठमाडौं । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले कांग्रेस, एमाले एमाओवादी र मधेशवादी दलको सत्तालिप्सा र भागवण्डाका कारण दोश्रो संविधानसभा पनि विघटनको संघारमा पुगेको बताएका छन् ।

पार्टीको विद्यार्थी संगठनले गरेको कार्यक्रममा शुक्रबार उनले शान्ति र सविधानको नाममा अर्बौ रुपैयाँ सकिदा पनि मुलुकले संविधान पाउन नसकेको भन्दै अब झन् कठिन मोडतर्फ धकेलिएको बताएका हुन् ।

शान्तिपूर्ण राजनितिमा आएको एमाओवादीले लाठी प्रदर्शन गरेर मुठभेडको संकेत गरेको भन्दै गुरुङले आवश्यक पर्यो भने समन्वयात्मक भुमिका खेल्न तयार रहेको बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७