सञ्जय दत्त कैदीबाट आरजे

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

sanjayduttभारत । सन् १९९३मा मुम्वइमा भएको बम हमलाला अभियोगमा यरवडा जेलमा सजाय काटिरहेका सञ्जय दत्त अव कैदी बाट आरजे बनेका हुन् ।

उनलाई आरवडा जेल प्रशासनले जेलको रेडियो स्टेसनको आरजे ( रेडियो जोकि) नियुक्त गरेको छ ।

गत बर्ष यरवडा केन्द्रिय जेल भित्र सुरु गरिएको रेडियो स्टेसनमा केहि दिनको छुट्टि सकेर आएका दत्तले कायृक्रम सञ्चाmनको इच्छा व्यक्त गरे संगै नियुक्त गरिएको हो ।

दत्तले चर्चित फिल्म ‘मुन्ना भाइ MBBS मा रेडियो कार्यक्रम प्रश्तोताका रुपमा दर्शकको मन जितेको भन्दै जेल प्रशाशनले उनलाई जेकीमा नियुक्त गरेको जनाएको छ ।

उनले हरेक दिन दिउसो आफ्ना साथिभाईलाई योगा तथा बिभिन्न टिप्स मुन्ना भाई स्टाइलमा दिने छन् ।

जेलमा रहदाको तनाव कम गर्न जेलमा रेडियो कार्यक्रमको सुरुवात गरिएको हो ।

सम्बन्धित खबरहरु