गोली हानाहानमा आठ जना मारिए

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

attack in americaअमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा आठ जना मारिएका छन् । विहीवार राति भएको घटनामा अर्का एक जना घाइते भएका छन् ।

घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको बताइएको    छ । प्रहरीले अलग अलग ६ स्थानबाट मारिनेको शव बरामद गरेको छ । घटनास्थलबाट आक्रणकारीले प्रयोगगरेको कार फेला परेको प्रहरीले जनाएको    छ ।

ती मानिसलाई मारेपछि आक्रमणकारी आफैले पनि गोली हानेर आत्महत्या गरेको अनुमान गरिएको छ । ३६ वर्षिय आक्रमणकारी टायरोन निवासी बताइएको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७