विश्वकप क्रिकेटः भारत क्वार्टरफाइनल नजिक, युएई ९ विकेटले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

 207243

जनबोली/१६ फाल्गुन, काठमाडौं  । विश्वकप क्रिकेटमा साविक विजेता भारत शतप्रतिशत नतिजाका साथ क्वार्टरफाइनल नजिक पुगेको छ ।

अष्ट्रेलियाको पर्थमा शनिबार एसोसिएट राष्ट्र युएईमाथि हावी भएको भारतले ९ विकेटको सहज जित निकालेको हो । १ सय ३ रनको झिनो चुनौती भारतले १८ ओभर ५ बलमै १ विकेट गुमाएर पूरा गरेको हो । रोहित शर्माले ५५ बलमा अविजित रहँदै ५७ तथा विराट कोहलीले ४१ बलमा अविजित रहँदै ३३ रन जोडे ।

207259

यसअघि खेलमा पहिले ब्याटिङ गरेको युएईले ३१ ओभर १ बल क्रिजमा टिकेर १ सय २ रनमात्र जोड्न सक्यो । युएईका लागि साइमन अन्वरले ३५ रन जोडेको इनिङमा रविचन्द्रन आश्विन एक्लैले २५ रन खर्चेर ४ विकेट लिए ।

त्यसैगरी, रविन्द्र जडेजा र उमेश यादवले समान २–२ विकेट झारे । यसअघि भारतले पाकिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो ।

207251

सम्बन्धित खबरहरु