कार्यकर्ताले खुल्लामञ्च भरिएपछि ३० दलीय मोर्चाका नेताले भने, बिद्रोहबाटै सत्ता कब्जा हुन्छ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

30-Party-Protest-650

जनबोली/१६ फागुन, काठमाडौं । एमाओवादी र मधेसवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा गरेको प्रदर्शनमा खुल्लामञ्च नै खचाखच देखियो ।

कार्यक्रममा दुई लाखको सहभागिता गराउने भनिएपनि लक्ष्य प्राप्त नभए पनि खुल्लामञ्च कार्यकर्ताले भरिएपछि आन्दोलनकारी मोर्चाका नेताहरु उत्साहित बनेका थिए ।

नेता तथा कार्यकर्ताको ठूलो सहभागिताकाबीच आन्दोलनरत दलका नेताहरुले भाषणमा अब खुल्लामञ्च कब्जा भयो भनेर घोषणा समेत गरेका थिए । यो सहभागिता अत्यन्तै उत्साहजनक भन्दै अधिकांश नेताहरुले अब बिद्रोहबाटै राज्यसत्ता कब्जा गरिने घोषणा समेत गरे ।

सम्बन्धित खबरहरु