खुलामञ्चबाट भट्टराईले भने, ‘यो त ट्रेलर मात्रै हो’

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

1ab6924a5727bcc16017ad2ca1dcc814

जनबोली/१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले शनिबारको शक्ति प्रदर्शन ट्रेलर मात्रै भएको बताएका छन् ।

‘यो एउटा ट्रेलर मात्रै हो’ उनले भने, ‘सहमती अनुसार संविधान नआए आन्दोलनको आँधीबेहरी आउँछ । त्यतिबेला साँच्चैको फिलिम देख्नुहुनेछ ।’
उनले जनता जागिसकेकोले आफ्नो अधिकार पाउने अग्रगामी संविधान नबनेसम्म आन्दोलन नरोकिने पनि बताएका थिए ।

साथै उनले एमाओवादी दुब्लाएको बाघ भएको पनि उद्घोष गरे । ‘बाघ दुब्लाएर बिरालो हुँदैन’ डा. भट्टराइले भने, ‘एमाले काँग्रेसले एमाओवादीको पनि शक्ति क्षिण भयो भन्ने ठानेका होलान् । हामी दुब्लो भएपनि बाघ नै हौं ।’

उनले अग्रगामी संविधान नबनेसम्म आन्दोलन नछोड्ने पनि बताए । काँग्रेस एमालेले सहमतिबाट संविधान नबनाए उनीहरु संसारमै नरहने चेतावनी पनि डा. भट्टराइले दिए ।

सम्बन्धित खबरहरु