कालिजलाई काजु खुवाउन साढे १० लाख

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

Thickbox_nepla-kalij-pheasantकाठमाडौं । ढुटोसमेत खान नपाएर मर्न थालेका शाही कालिन कालिजलाई दाना ख्वाउन अर्थले यसै साता वन मन्त्रालयलाई १० लाख ४५ हजार रुपैयाँ निकासा गरेको छ ।

बजेट आएपछि शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जले शाहीकालिन पहेंलो र सुनौंलो प्रजातिका १ सय ६३ कालिजको दाना खरिद गर्न दुई दिनअघि टेन्डर खुलाएको छ ।

′रकम निकासा भएलगत्तै पिठो, भटमास, चोकर, नुन, मिश्चर, चना, मकै, गहुँ र पोसिलो ढुटोका लागि टेन्डर आह्वान गर्यौं ,′ निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) किशोरकुमार मेहताले शनिवार भने, ′बल्ल राहत भयो, यति रकम असारसम्म दानाका लागि पुर्या्उनुपर्छ ।′

कुनै बेला काजु, पिस्ता, किसमिस र बदाम खाएर रमाएका कालिजले माघदेखि बजेट अभावमा ढुटोसमेत खान पाएका थिएनन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७