अकुतमा मुछिँदै उच्च पदस्थहरू

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

CIAA_379066383_444367482-624x403काठमाडौ । अनुसन्धानले सफलता पाउन नसके पनि उच्च पदस्थ सरकारी कर्मचारीहरूविरुद्ध अकुत आर्जनको आरोपमा उजुरी पर्ने क्रम बढेको छ। गत वर्षमात्रै १ सय ७३ अकुत आर्जनका मुद्दामा निर्णय गरेको अख्तियारले २ वटाबाहेक सबै उजुरी तामेलीमा राखेको छ ।

′तामेलीमै परेकामध्ये कतिपय उच्च पदस्थ कर्मचारीहरू, आकर्षक कार्यालय तथा संस्थानका प्रमुखहरू छन्,′ अख्तियार स्रोतले भन्यो, ′कमाउनेहरूको चनाखोपन र अख्तियारको चुस्त सूचना संयन्त्रको अभावले केही अपवादबाहेक सबैजसो अनुसन्धान असफल भए।′

अख्तियार स्रोतका अनुसार अकुत आर्जन गरेको भन्दै सचिव र सहसचिव गरी ५० जनाभन्दा बढीविरुद्ध उजुरी परेको छ ।

सडक विभागका सहसचिवस्तरका इन्जिनियर हरिभक्त श्रेष्ठले २०६३ सालदेखि २०७० वैशाखसम्म तलबभत्ताबापत १४ लाख ७२ हजार रुपैयाँ आम्दानी गर्दा ९३ लाख ८७ हजार रुपैयाँ बचत गरेको देखियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु