अब बढ्ने भो पेट्रोल र डिजेलको मूल्य

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

oilकाठमाडौं ।  भारतमा पेट्रोल र डिजेलको भाउ बढेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर ३ भारतीय रुपैयाँ भाउ बढेको हो । सरकारी तेल कम्पनी इन्डियन आयलका अनुसार शनिबार मध्यरातिबाट पेट्रोलको मूल्य ३ रुपैयाँ १८ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ९ पैसाले वृद्दि भएको हो ।

शनिबार आम बजेट प्रस्तुत भएपछि दुबै तेलको मूल्य वृद्दिको घोषणा गरिएको हो । भारतमा तेलको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार गिरावट आएपछि नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेर हालसम्म ८ पटक तेलको मूल्य घटाएको छ ।

नेपालले भारतीय आयलसँग तेल किन्ने गरेको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि तेलको मूल्य बढ्ने निश्चित छ । भारतमा पछिल्लो १५ दिनयता लगातार दोस्रो पटक पेट्रोल र डिजेलको खुद्रा मूल्यमा वृद्दि भएको हो । अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु