वीर अस्पताल सुधार्दै एनआरएन

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

bir hospitalकाठमाडौं । मुलुककै जेठो र ठूलो वीर अस्पताल सफाइका दृष्टिले साह्रै कमजोर   छ । भस्याङ, प्यासेज र आँगनमा नाक थुन्दै हिँड्नुपर्ने यो अस्पतालको शौचालय त कति गएगुज्रेको छ भने सद्दे मानिससमेत बिरामी पर्नसक्छ ।

यहाँ पाइने सेवा पनि प्रभावकारी छैन। सामान्य बिरामीले समेत चिकित्सकको पालो पाउन कयौं दिन कुर्नुपर्छ। एउटै शय्यामा तीनजनास म बिरामी रा ने गरिएको छ। उपकरणहरू बिग्रेका छन् ।

अस्पतालको ढिलासुस्तीसँग अपरिचित मानिस यहाँ पुग्यो भने रोग झनै बढ्ला भन्ने डर हुन्छ।

फोहोर र सुस्त सेवा भएको यही वीर अस्पतालको वातावरण हराभरा पार्न र सेवा चुस्त पार्न बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएन यूके) लाग्ने भएको छ।

अस्पताल सुधारका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ छुट्ट्याए पनि प्रभावहीन देखिँदा एनआरएन यूके यसलाई सुधार्न सक्रिय बनेको हो। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७